खोलामा डुबेर ५ जनाको ज्यान गयो

खोलामा डुबेर ५ जनाको ज्यान गयो

  • बुधबार, भदौ १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

चितवन, १६ भदौ ।

चितवनको लदरी खोलामा डुबेर आज तीन जनाको मृत्यु भएको छ । खैरहनी– २ मा पर्ने लदरी खोलामा पौडी खेल्दा डुबेर तीन जनाको मृत्यु भएको हो ।

भरतपुर उपमहानगरपालिका–१२ की १३ वार्षकी सुनिया खातुन, वडा नम्बर १० का १७ वर्षका सहवाद आलम र खैरहनी नगरपालिका–८ की १४ वर्षकी आयुसा खातुनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार बुधबार बिहान ११ बजेतिर खोलामा पौडी खेल्न गएका उनीहरु डुबेका थिए । त्यस्तै कपिलवस्तुको वाणगंगा सिंचाई प्रणाली नहरमा डुबेर एकै घरका दुई बालिकाको मुत्यु भएको छ ।

निग्लिहवा गाविस ९ का युसुब अंसारीका छोरीहरु ३ वर्षकी अफ्रिन र ७ महिनाकी यसमिनको नहरमा डुबेर आज मूत्यु भएको प्रहरीले जनाएको छ ।

बिहान करिब ९ बजेतिर नहरमा कपडा धुने क्रममा आमा ताहेरा खातुनसंगै रहेकी ७ महिनाकी बालिका डुबेपछि उनलाई बचाउन खोज्दा अर्की छोरी अफ्रिनको पनि डुबेर मुत्यु भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी