टिकापुर घटना छानविन समिति धनगढीमा

टिकापुर घटना छानविन समिति धनगढीमा

  • बुधबार, भदौ १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

काठमाण्डौ,१६ भदौ ।

कैलालीको टिकापुरमा भदौ ७ गते एसएसपी लक्ष्मण न्यौपाने सहित ८ सुरक्षाकर्मी र एक बालकको ज्यान जाने गरी भएको घटना छानविनका लागि सरकारद्वारा गठित छानविन समितिको टोली आज कैलाली पुगेको छ ।

छानविन समिति संयोजक एवं राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्मा नेतृत्वको टोली कैलाली सदरमुकाम धनगढी पुगेको हो । धनगढीमा आज स्थानीय प्रशासन र सुरक्षा निकायका प्रमुखहरुसँग भदौ ७ मा भएको टीकापुर घटनाबारे छलफल संयोजक शर्माले जानकारी दिनुभयो ।

उहाका अनुसार टोली आज टीकापुर पुगी भोलीदेखि घटनास्थलको अवलोकन, पीडितलगायत विभिन्न पक्षसँग जानकारी लिइ अनुसन्धान गर्ने छ । टोलीमा अतिरिक्त प्रहरी महानिरीक्षकद्वय जीवन थापा र प्रताप थापा, राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक गणेश अधिकारी र गृह मन्त्रालयका सहसचिव विनोद केसीरहेको रहनु भएको छ ।

सरकारले यही भदौ ८ गते टीकापुर घटना छानविनका लागि पाँच सदस्यीय समिति गठन गरेको थियोे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी