काठमाण्डौ,१६ भदौ ।
नेकपा एमालेले आन्दोलनकारीले देशभर हिसां भड्काउन खोजेको भन्दै देशब्यापी रुपमा शान्ति र सदभाबको कार्यक्रम गर्न आफना सबै संगसंठनलाई निर्देशन दिएको छ ।
एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित जातीय तथा अन्य भातृ संगठनका अगुवा नेता कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले आन्दोलन चलिरहेका ठाउँहरुमा शान्ति र सदभाबको कार्यक्रम गर्न निर्देशन दिनुभयो ।
उहाले बिभिन्न ठाउमा आफना कार्यालयहरु जलेको भन्दै कार्यालय जलाउन आउनेलाई सम्झाई बुझाई गरी पठाउन कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाले एमालेको नीति भिडन्त गर्ने नरहे पनि सामाजिक सद्भाव र शान्ति तथा अमन चयनका लागि र्रयालीहरु निकाल्नुपर्ने बताउनु भयो ।
जातीय, भाषिक र क्षेत्रीय रुपमा पछि परेको समुदायलाई सकारात्मक विभेदको सिद्धान्त अनुसार निश्चित समय विशेष आरक्षण दिन एमाले तयार रहेको उहाको भनाई छ।