प्रहरीको हत्या गर्नेलाई कडा कारबाही

प्रहरीको हत्या गर्नेलाई कडा कारबाही

  • बुधबार, भदौ १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाण्डौ,१६ भदौ ।

सुदूरपश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक माधव नेपालले टीकापुरमा प्रहरी हत्यामा संलग्नलाई कारबाहीको दायरामा ल्याएरै छाडिने दाबी गर्नुभएको छ ।

टीकापुरमा हत्या गरिएका प्रहरी निरीक्षक बलराम विष्ट र प्रहरी हबल्दार जनक नेगीको घरमा पुग्नु भएका क्षेत्रीय प्रहरी प्रमुख नेपालले मृतकका परिवारलाई हत्यामा संलग्न जो कोही भए पनि कारबाही हुने आश्वासन दिनुभयो ।

उहाले उच्चस्तरीय छानबिन समितिले दिएको प्रतिवेदनअनुसार दोषी पत्ता लगाई कारबाहीका लागि कडा कदम चलाउन आफू पछि नहट्ने बताउनु भयो । साथै मृतक परिवारका बालबालिकाको संरक्षण तथा अध्ययनका लागि पहल गरिने उहाको भनाई छ ।

भदौ ७ कैलालीको टीकापुरमा आन्दोनलकारीको आक्रमणबाट एसएसपी लक्ष्मण न्यौपाने सहित ८ सुरुक्षाकर्मीको मुत्यु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी