नेपाल पेट्रोलियम पदार्थमा पूर्ण रुपले भारतमा निर्भर रहेको छ । भारत बाहेक कुनै पनि अन्तराष्ट्रिय बजारबाट नेपालले पेट्रोलियपम पदार्थ ल्याउन नसकेको अवस्थामा भारतको रक्सौलबाट अम्लेखगञ्जसम्मको करीब ४० किलो मिटर लामो पेट्रोलियम पाईप निमार्णमा सम्झौता भएको छ ।
अब आगामी दिनमा छिट्टै नै यो सम्झौता कार्यन्वयनको प्रकृया अघि बढे दीर्घकालीन रुपमा नेपाललाई फाईदा पुग्ने कुरा उठीरहेको छ ।
यो सम्झौताको वातावरण बनाउन मुख्य भूमिका निर्वाह गर्नु भएका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल बहादुर बहादुर खड्कालाई साहसिक व्यक्ति भनेर मुख्य सचिव शान्ताराम सुवेदीले समेत प्रशंशा गर्नु भएको छ ।
यसै सन्दर्भमा नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल बहादुर खड्कासग‘ मिर्मिरेका लागि सुदीप बर्देवाले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत गरेका छौं :
नेपाल भारतबीच भएको पेट्रोलियम पाइप लाइन सम्बन्धी सम्झौतालाई तपाईले कसरी लिनु भएको छ ?
यो सम्झौताबाट दुई दशकदेखिको हाम्रो सपना साकार भएको छ । नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनबीच भएको बि टु बी एग्रीमेन्ट भएको छ । अब हामी कन्सट्रक्सन निर्माण कार्यलाई अगाडि बढाउने कार्यमा लागेका छौ ।
यो सम्झौताबाट नेपाललाई दीर्घकालीन रुपमा कस्तो फाइदा पुऱ्याउछ ? ?
यसले पेट्रोलियम पदार्थ आपूर्तिमा सहजता र शुद्धता पहिलेको तुलनामा बढी हुन्छ । खास गरी देशमा अहिले भईरहेका बन्द हडतालले गर्दा पेट्रमेलियम पदार्थको अभाव हुने गर्दथ्यो ।अब सम्झौतापछि भारतको रक्सौलबाट अमलेखगन्ज सम्म बिना रोकतोक पेट्रोलियम पदार्थ उपलब्ध हुने भएकाले विगतको जस्तो समस्या नहुने भएको छ । पहिले ट्याङ्करबाट पेट्रोलियम पदार्थ आपूर्ति गर्दा तिर्नुपर्ने कष्ट सेभिङ हुनेभएकाले अब हाम्रो आपूर्तिमा ग्यारेन्टी हुने भएको छ ।
- रक्सौल,अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माणका लागि सम्झौता गर्दै नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल बहादुर खड्का र भारतीय आयल निगमका कार्यकारी निर्देशक अनिष अग्रवाल
त्यसो गर्दाखेरि उपभोक्तले सस्तोमा पाउछ होला, हैन ?
अवश्य पनि, त्यसको पनि हामीले कस्टिङ हेर्छौ । अब अहिले नै त कति सस्तो हुन्छ भन्ने कुरा त भन्न सकिदैन, त्यो बेलाको मर्केटको कस्तो स्थिति कस्तो होला , त्यसमा भर पर्छ ।
उसो त नेपाल आयल निगमले केहि महिना भित्रमा वानिज्य बैंकहरुको ऋण तिरिसकेपछि नै हामी पेट्रोलियम पदार्थको मुल्य समायोजन गर्ने पक्षमा छौ ।पाइप लाइन निर्माणपछि हामी पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मुल्य अनुसार समायोजन गर्ने तयारीमा छौं ।
पाइप लाइन निर्माण सहज र शुद्ध पेट्रोलियम पदार्थ ल्याउन सकिन्छ भनिरहदा अहिले मिसावटयुक्त पेट्रोलियम पदार्थ प्रयोग गरिहेका छौं ?
हैन, मैले भन्न खोजेको पाइप लाइन निर्माणपछि जुन क्वालिटी रक्सौलमा छ, त्यही क्वालीटी अमलेखगन्जमा पाउनेछौं । यसमा मिसावट भन्ने कुरा भन्दा पनि आपूर्तिका क्रममा हुने चुहावट देखि लिएर ढुवानीका क्रममा बीचमै अरु पदार्थ मिसाएर ल्याउने जुन घटनाहरु पनि आए, अब त्यो त्यस्तो कार्यहरु कम हुन्छ भन्न खोजेको हो ।
- पाइपलाइन निर्माणका लागि सम्झौतामा हस्ताक्षर गर्दै नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल बहादुर खड्का र भारतीय आयल निगमका कार्यकारी निर्देशक अनिष अग्रवाल
अब कहिले देखि काम सुरु हुन्छ फिल्डमा ?
सम्झौता अनुसार ३० महिनामा पाइप लाइन निर्माण कार्य सकाउने लक्ष्य छ । नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनबीच बि टु बी सम्झौतामा हस्तक्षर भएपछि पाइप लाइन निर्माण सम्बन्धी हामी योजना बनाउछौ ।
त्यसपछि ६ महिना भित्रमा कार्ययोजना बनाएर डेन्डर आह्वान गरी कन्स्ट्रक्सन फिल्डमा जाने तयारी छ । तर के कन्डिसन छ भने नेपाल सरकारले पाइप लाइन निर्माणका लागि त्यसको जग्गा अथवा लजिस्टिक सपोर्ट गर्नुपर्ने भएकाले हामी त्यो प्रक्रिायमा पनि तुरुन्त लागि हाल्छौ ।
पाइप लाइन आयोजनाको निर्माण कार्य सुरु गर्न सम्पूर्ण तयारी पूरा भइसकेको भनेर भनिएको थियो नि ?
सम्पूर्ण तयारी भन्नाले इन्डियन आयल कर्पोरेसनले गर्नुपर्ने ठेकेदार छान्ने प्रक्रिया लगायत टेन्डर प्रक्रियामा जाने तयारीमा छ भने यता हाम्रो तर्फबाट गर्नुपर्ने केही कार्य बाँकी रहेको छ । खासगरी जग्गा उपलब्ध गर्नुपर्ने कुरा छ , यो रुट करिडर भएकाल त्यो मिलाउन पर्ने छ ।
यो पाइप लाइनमा १५/१५ दिनको फरकमा तेल छोडिदिने त होला नि हैन ?
हैन त्यो त हाम्रो क्यापासिटी हेरेर हुन्छ । हाम्रो क्यापासिटी अनुसार जुनसुकै बेला पनि पेट्रोलियम पदार्थ सप्लाइ गर्न सकिन्छ।
भारतबाट पेट्रोलियम पाइप लाइन ल्याउदा खेरी यसमा भारतको एकाधिकार रहन्छ भन्ने खालको आम जनगुनासो छन् यसमा तपाई के भन्नुहुन्छ र यस्तो विल्कुलै हैन । किन भन्दाखेरि अहिलेको डिमाण्ड अनुसार आवश्यकता पर्यो भने अरु देशबाट पनि ल्याउन सकिन्छ ।
एकै वर्ष ४० हजार क्षमता बढाउने भने होइन, २ आवभित्र सम्पन्न गर्न सकिन्छ भन्ने मलाई लाग्छ । जनकपुर, काठमाडौं उपत्यका आसपास, मेची, कोसी तथा मध्यपश्चिमलगायतका क्षेत्रमा ४० हजार मेट्रिक टन ग्यासको क्षमता बढाइनेछ ।
त्यसमा केही समस्या रहेन तर भारत मुखी हुनुपर्यो अथवा भारतसँग लिनु पर्ने भन्छ भने विकल्प नै खोइ त , मान्छेले नहुने कुरा मात्रै गरेर जुन चिज सम्भव छैन त्यही चिजमा ढिपी गर्नु मलाई उपयुक्त लाग्दैन ।अहिलेको आवश्यकताका लागि भारत भन्दा हाम्रो अर्को विकल्प नभएको हुनाले भारतमा निर्भर हुनु स्वभाविक हो ।
जहाँसम्म अरु देशबाट ल्याउने कुरा छ सरकारले चायो अथवा नेपाल आयल निगम प्राइभेटाइजेसनमा गयो भने त्यसरी ल्याउन सकिन्छ ।
भनेपछि सम्झौतामा अन्य देशबाट पेट्रोलियम पदार्थ आयत गर्न नपाउने भन्ने छैन ?
हजुर छैन छैन । यो विशुद्ध नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसबीचमा जुन व्यापारिक सम्झौता बि टु बी हुन्छ । यो हाम्रो आपसी समझदारीको कुरा हो ।
अहिलेको भण्डारण क्षमता कति निगमको हो ?
निगमसँग अहिले देशभर जम्मा ७० हजार किलोलिटर पेट्रोलियम भण्डारण गर्न सक्ने क्षमता छ । ४० हजार किलोलिटर क्षमता बढाउने लक्ष्य छ ।
चरणगत रूपमा यो क्षमता बढाउनेछौं । १ वर्षमा केही काम गर्ने अर्काे वर्ष फेरि थप काम गर्ने गरी मैले कार्यक्रम अघि सारेको छु।
एकै वर्ष ४० हजार क्षमता बढाउने भने होइन, २ आवभित्र सम्पन्न गर्न सकिन्छ भन्ने मलाई लाग्छ । जनकपुर, काठमाडौं उपत्यका आसपास, मेची, कोसी तथा मध्यपश्चिमलगायतका क्षेत्रमा ४० हजार मेट्रिक टन ग्यासको क्षमता बढाइनेछ ।
नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनको बीचमा दुई तीन ओटा एग्रीमेन्ट हुनु पर्ने हुन्छ र त्यसको अपरेसन मेन्टिनेन्ट त्यसपछि थर्ड पार्टी एक्सेस कसरी हुन्छ र यो बि टु बी भन्ने हुन्छ ।
यसले ग्यासको बर्सेनि हुने असहज परिस्थितिलाई सहज गर्न सहयोग पु¥याउनेछ । कम्तीमा ५ ठाउँमा ग्यासको क्षमता बढाउन लागिएको छ ।
यो पनि चरणगत रूपमा गर्न लागिएको हो । पाइपलाइन सबैको चासोको विषय मात्र नभई बर्सेनि पेट्रोलियम खपतको अनुपात हेर्दा आवश्यकता हो ।
- बहुप्रतिक्षित रक्सौल अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माणका लागि सम्झौता गर्दै आपूर्तीमन्त्री सुनिलबहादुर थापा र भारतीय समकक्षी धर्मेन्द्र प्रधान
अब पाइप लाइन निर्माण कार्य कहिले सम्पन्न होला ?
यसको टाइम फ्रेम हामीलाई दिएको ३० महिना हो । यही अवाधिमा पाइप लाइन निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य छ । भारतले पनि त्यही एसपेक्टले काम गरेको छ ।
नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनको बीचमा दुई तीन ओटा एग्रीमेन्ट हुनु पर्ने हुन्छ र त्यसको अपरेसन मेन्टिनेन्ट त्यसपछि थर्ड पार्टी एक्सेस कसरी हुन्छ र यो बि टु बी भन्ने हुन्छ ।
यो चहीँ हामी केहीदिन भित्रै गरिहाल्छौ, त्यसपछि ६ महिना भित्रमा हामी टेन्डर फ्लोड गर्ने अवस्थामा हुन्छौ । त्यसपछिको २४ महिना भित्रमा हामी निर्माण कार्य सम्पन्न गर्ने तयारीमा छौँ ।
६ महिना फिल्डमा काम गर्न लाग्ने भएपछि बाँकी २४ महिनामा ४१ किलोमिटर पाइप लाइन बिच्छ्याउने काम सम्पन्न होला ?
इन्डियन आयल कर्पोरेसनले ११ हजार किलोमिटर भन्दा बढी पाइप लाइन बिच्छ्याउने काम गरिसकेको छ । त्यसैले यो ४१ किलोमिटर भनेको उनीहरुको लागि केही ठुलो काम हैन ।
फेरि यो पाइप लाइन बिच्छ्याउने काम भनेको त्यति जटिल कार्य हैन । यसको के हुन्छ भने तलबाट ड्रिलिङ गरेर पायप गुसाउने काम मात्र हो । यसमा अरु निर्माण कार्यमा जस्तो स्ट्रक्चर बनाइराख्नु नपर्ने भएकाले निर्धारित समयमै निर्माण कार्य सम्पन्न हुन्छ ।
भन्नाले सुरुङ त खन्नुपर्छ होला नि ?
सुरुङ त त्यो जसरी तपाई देख्नुहुन्छ टेलिफोनको लाइनहरु बिच्छ्याउदा खेरि आफै ड्रिल गरेर लैजान्छ नि त्यस्तैहो । यसमा त्यो ठुलो सुरुङ खन्नु पर्दैन ।
१० इन्चको पाइपलाई ड्रिल गरेर जमिनमुनि गाड्ने मात्र हो त्यो खनिरहनु पनि पर्दैछ । त्यसैले निर्धारित समयमै पाइप लाइन निर्माण कार्य सम्पन्न हुन्छ भन्नेमा हामी विश्वस्त छौँ ।
- पाइपलाइन निर्माणका लागि सम्झौता गर्दै आपूर्तीमन्त्री सुनिलबहादुर थापा र भारतीय समकक्षी धर्मेन्द्र प्रधान ।



