हिंसात्मक आन्दोलनमा नजान प्रधानमन्त्री कोइरालाको आग्रह

हिंसात्मक आन्दोलनमा नजान प्रधानमन्त्री कोइरालाको आग्रह

  • बुधबार, भदौ १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाण्डौ,१६ भदौ ।

प्रधानमन्त्री सुशील कोइरालाले हिंसात्मक आन्दोलनमा नजान आन्दोलनरत पक्षलाई आग्रह गर्नुभएको छ ।

आदिवासी–जनजाति बृहत् संयुक्त सङ्घर्ष समितिका प्रतिनिधिसँग बिहान भएको भेटमा उहाले समस्याको समाधान शान्तिपूर्ण रुपमा वार्ताका माध्यमबाट गर्न सकिने भएकाले हिंसात्मक आन्दोलनमा नजान आग्रह गर्नुभयो ।

प्रधानमन्त्री कोइरालाले मुलुक शान्ति र स्थिरतातर्फ लम्किरहेका बेलामा कैलाली, पर्सा, बारालगायतका जिल्लामा भएको घटना निकै दुःखद भएको बताउदै विभिन्न राजनीतिक आस्था र विचार भएका पार्टी लचिलो रुपमा प्रस्तुत भई सबैको भावनालाई समेटेर पहिलोचोटी संविधानसभाबाट संविधान जारी हुने बताउनु भयो ।

आन्दोलनरत आदिवासी–जनजाति बृहत् संयुक्त सङ्घर्ष समितिले संविधानको विधेयकमा भएका प्रावधानमा जनजाति आयोग गठन गरिनुपर्ने, प्रदेशको संरचनामा जातीय सम्बन्ध र बसोबासलाई सहज हुनेगरी बनाउनुपर्ने, संविधानमा समानुपातिक समावेशी भन्ने वाक्यांश राखिनुपर्नेलगायतका माग राख्दै कोइरालालाई ज्ञापनपत्र बुझाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी