बैक तथा वित्तीय संस्थाको कर्जा लगानी सेवा क्षेत्रतिर आकर्षित

बैक तथा वित्तीय संस्थाको कर्जा लगानी सेवा क्षेत्रतिर आकर्षित

  • बुधबार, भदौ १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौ १६ भदौ । 

बैक तथा वित्तीय संस्थाले कर्जा लगानीका लागि सेवा क्षेत्रलाई प्राथमिकता दिएका छन् ।

उर्जा संकट लगायतका समस्याले उत्पादनमुलक क्षेत्रले अपेक्षाकृत प्रगति हासिल गर्न नसकेपछि बैंक तथा वित्तीय संस्थाको लगानी आकर्षण सेवा क्षेत्रतिर बढेको हो ।

लगानी कर्ताको प्राथमिकता परिवर्तनसँगै बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी सेवा क्षेत्रमा बढेको नेपाल बैकर्स संघका अध्यक्ष उपेन्द्र पौडेलले बताउनु भयो ।

नेपाल राष्ट बैंकका अनु्सार बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०७१/७२ सम्ममा विभिन्न क्षेत्रमा १३ खर्ब रुपैंया कर्जा प्रवाह गरेका छन् । यसमध्ये एक खर्ब रुपैयाँ कर्जा सेवा क्षेत्रमा मात्र प्रवाह भएको छ ।

सेवा क्षेत्रमा आर्थिक वर्ष २०७०/७१ मा ८७ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो भने अर्थिक वर्ष ६९/७० मा ७१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो । उत्पादनमुलक क्षेत्रमा सिमेन्ट उद्योग बाहेक अन्य क्षेत्रमा कर्जा प्रवाह स्थिति सन्तोषजनक नरहेको पौडेलको भनाई छ ।

सेवा क्षेत्रका उद्योगमा होटलसँगै ट्राभल, ट्रेकिङ, अस्पताल तथा शिक्षा क्षेत्रमा पनि बैक तथा वित्तीय संस्थाको कर्जा लगानी बढेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी