रिलायन्समा तनाव उद्योगीलाई थरुहटको ज्यानमार्ने धम्की

रिलायन्समा तनाव उद्योगीलाई थरुहटको ज्यानमार्ने धम्की

  • बुधबार, भदौ १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

इटहरी ,१५ भदौ
थरुहट समर्थक बन्दकर्ताहरुले बन्दको अवज्ञा गरी उद्योग सँचालनमा ल्याएको भन्दै सुनसरीको खनारमा रहेको रिलायन्स स्पिनिङ मिल्समा प्रदर्शन गरेका छन् ।
बन्दकर्ताले उद्योगको मुख्य गेटमै पुगेर बन्दको अवज्ञा गर्ने उद्योगीलाई चेतावती समेत दिएका छन । थरुहटले घोषणा गरेको अनिश्चितकालिन बन्दमा पुन उद्योग सँचालनमा ल्याए जे पनि हुन सक्ने भन्दै बन्दकर्ताले उद्योगका कर्मचारी लगायत रिलायन्सका सञ्चालकलाई भेटे ज्यान मार्ने धम्की समेत दिएका छन ।
बन्दकर्ताले उद्योगभित्र काम गरिरहेका मजदुरहरूलाई वाहिर निकाल्न नारावाजि गरे पछि तनाव शिर्जना भएको थियो ।
अवस्थालाई नियन्त्रणमा लिन नेपाल प्रहरी र शसस्त्र प्रहरीले उद्योग क्षेत्रमा कडा सुरक्षा प्रदान गर्दै आएको छ ।
धागो प्रशोधन गर्ने नेपालकै एक मात्र ठुलो उक्त उद्योगमा करिव ४ हजार मजदुर कार्यरत छन् ।
ज्यालादारी मजदुरहरुले निरन्तरको बन्दले आफूहरुले खान समेत नपाउने अवस्था आएको भन्दै काम गर्ने वातावरण वनाईदिन आग्रह गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी