काठमाण्डौ,१५ भदौ ।
हिन्दु राष्ट्र माग गर्दै संविधानसभा घेराउ गर्न गएका हिन्दु राष्ट्र अभियानका कार्यकर्ताले नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेपछि तनाव सिर्जना भएको छ ।
खुमबहादुर खड्का नेतृत्वको हिन्दु राष्ट्र अभियानका कार्यकर्ताहरु त्रिपुरेश्वरमा जम्मा भइ प्रदर्शन गर्दै बानेश्वर पुगेका थिए ।
बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले केही सेल अश्रुग्यास र पानीको फोहोरा हानेको हो ।
बानेश्वरको पश्चिम क्षेत्रमा धर्नामा बसेका राप्रपा नेपालका कार्यकर्ता हटाउन प्रहरीले अश्रुग्यास र पानीको फोहोरा हानेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline