रौतहट, १५ भदौ ।
गौरमा सुरक्षाकर्मीको गोली लागी मृत्यु भएका राजकिशोर ठाकुरको शव १ हप्तापछि आज परिवारले बुझेका छन ।
भदौ ८ गते घरबाट औषधी उपचारका लागी रौतहट सदरमुकाम गौर गएका मठिया ६ का २४ वर्षिय राजकिशोर ठाकुरको गोली लागि मृत्यु भएको थियो । स्थानीय सुरक्षा समितिले मृतक ठाकुरलाई शहिद घोषणाका लागी प्रक्रिया शुरु गरे पछि परिवारजनले शव बुझेका हुन ।
मृतक ठाकुरलाई शहिद घोषणा, आश्रीत परिवारलाई क्षतिपूर्ती र परिवारजन मध्ये एक जनालाई रोजगारी सहित पाँच बुँदे माग राख्दै मोर्चाले पनि जिल्ला प्रशासन कार्यालयल सँग माँग गरेको थियो ।
कानूनी प्रक्रियाहरु शुरु गरेर माग सम्बोधनको दिशामा अगाडी बढेपछि मृतक ठाकुरको शव आफूहरुले बुझेको मोर्चाका नेता अजय गुप्ताले बताउनुभयो । ठाकुरको आजै अन्तीम संस्कार गर्न लागेको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline