काठमाण्डौ,१५ भदौ ।
बिरगंजमा आन्दोलनले उग्र रुप लिएको छ ।कफर््युको अबज्ञा गर्दै वीरञ्जको राधेमाइ चोकमा प्रहरीमाथि आक्रमणको प्रयास भइपछि प्रहरीले चलाएको गोली लागेर तीस वर्षीय धर्मराज सिंहको मृत्यु भएको छ ।
गोली लागेर घाइते भएका देवराज सिंहको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भैरहेको छ । उनको घाटीमा गोली लागेको छ । यस्तै गोली लागेर स्थानिय दिपेश पटेल र सन्दीप पटेल घाइते भएका हुन ।
बारम्बार प्रहरीमाथि आक्रमण गर्न थालेपछि स्थानिय प्रशासनले हिजो अपरान्नबाट ४ बजेदेखि अनिश्चितकालीन कफ्र्यू लगाएको छ । त्यहा प्रदर्शनकारीले कफर््युको अबज्ञा गर्दै प्रर्दशन जारी राखेका छन ।
नारायणी उपक्षेत्रीय अस्पताल परिसरभित्र गोली चल्दा तीनजना घाइते भएका छन् । घाइते हुनेहरुमा विनोद महतो, प्रहरी जवान नरेन्द्र चौधरी र आइतबरियादेवी छन । चौधरी अस्पतालमा खटिएका प्रहरी जवान हुन् भने महतो कार्यालय सहायक हुन ।
कर कार्यालयमा आगजनी गरेको समूह भाग्दै अस्पताल तर्फ गएपछि प्रहरीले गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन । प्रदर्शनकारीले कर कार्यालयमा र सीमा प्रहरी चौकीमा आगजनी समेत गरेका छन ।
घरेलु हतियार प्रयोग नगर्न प्रहरीले अपिल गरेपनि वीरगन्जमा मधेसी मोर्चाका कार्यकर्ताहरुले घरेलु हतियारसहित प्रदर्शन गरेका छन । धारिलो हतियार समातेका केही प्रदर्शनकारी सडकमा देखिएका छन् ।
घरेलु हतियार र बासका भाटासहित मोर्चाका कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएपछि वीरगञ्जबासी आतंकित भएका छन् । कैलालीको टीकापुर घटनामा पनि घरेलु हतियार प्रयोग गरी एसएसपी लक्ष्मण न्यौपाने सहित ८ सुरक्षाकर्मीको हत्या भएको थियो ।