काठमाडौ १५ भदौ । प्रदेश सिमांकन प्रति असन्तुष्ट जनाउदै तराई मधेशमा जारी आन्दोलनले उग्ररुप लिदै गएको छ ।
हिजो दिनभर तनावग्रस्त बनेको बिरगन्ज आज पनि बिहानैबाट असान्त बनेको छ । आज पनि ठाउँ ठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।
यसैक्रममा बीरगंजको गण्डकमा प्रदर्शनकारी र प्रहरीबीच भएके झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर २ जना घाइते भएका छन् ।
गोलि लागेर स्थानिय दिपेश पटेल र सन्दीप पटेल घाइते भएका हुन् । घाइतेहरुलाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज लगिएको छ ।
कफ्र्यूको अवज्ञा गर्दै बिभिन्न ठाउँमा संघीय समावेशी मधेशी मोर्चा र लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताहरुले प्रर्दशन गरिरहेका छन । प्रदर्शनकारीले बिरगन्ज स्थित प्रहरी चौकीमा तोडफोड समेत गरेका छन् ।
दुबै प्रहरी पोष्टमा क्षती पुगे पछि प्रहरी बन्जारीमा रहेको सशस्त्र प्रहरीको पोष्टमा स्थानान्तरण गरिएको छ ।
बीरगञ्जमा आन्दोलन चर्किएपछि प्रशासनले हिजो बेलुकी ४ बजेदेखि अनिश्चितकालीन कफ्र्यू लगाइएको छ ।
जारी कफ्र्यूका बाबजुद प्रदर्शनकारीले बहुवर्वाभाठा, निचुटा, पोखरियासमुडली बिन्दवासीनी परवानीपुर लगायतका क्षेत्रमा प्रर्दशन गरिरहेका छन् ।