काठमाडौ १५ भदौ ।
वार्ताका लागि सरकारले वातावरण नबनाएको बन्दै थप आन्दोनका कार्यक्रम घोषणा बारे छलफल गर्न थरुहट संघर्ष समितिको बैठक आज बस्दैछ ।
अपरान्न दुई बजे सिंहदरबारमा बस्ने बैठकमा प्रधानमन्त्री सुशिल कोइरालाले सरकारका तर्फबाट वार्ताका लागि गर्नुभएको आह्वान बारे पनि छलफल हुने पाmेरम लोकतान्त्रिकका महासचिव रामजनम चौधरीले जानकारी दिनुभयो ।
कैलालीमा सुरक्षाकर्मीबाट भएका दरपकड नरोकिएको भन्दै अहिलेकै अवस्थामा सरकारसँग वार्ता हुन नसकिने चौधरीको भनाई छ ।
संघर्ष समिति अन्तरगतको कार्यदलले आज बस्ने बैठकले आगामी भदौ मसान्तसम्मको थप संघर्षको कार्यक्रम तय गर्नेछ ।
आफूहरु वार्ता विरोधी नभएको तर पूर्ण रुपमा वार्ताको वातावरण नबनेसम्म सरकारसँग कुनैपनि छलफलमा सहभागी नहुने चौधरीले बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline