काठमाडौ १५ भदौ ।
अरुण पूर्वका नौ जिल्लालाई लिम्बुवान प्रदेश बनाउनु पर्ने माग गर्दै संघीय लिम्बुवान पार्टी नेपालले आह्वान गरेको वन्दका कारण आज दोस्रो दिन पनि पूर्वको जनजिवन प्रभावित बनेको छ ।
वन्दका कारण पूर्वको पाँचथर, इलाम, ताप्लेजुङ, झापा, मोरङ, सुनसरी, तेह्रथुम धनकुटा लगायतका जिल्लामा लामो तथा छोटो दुरीका सवारी साधन सन्चालनमा आउन सकेका छैनन् भने बजार, शिक्षण संस्था तथा कलकारखाना ठप्प रहेका छन् ।
अरुण पूर्वका नौ जिल्ला मात्र भएको प्रदेश चाहिने भन्दै संघीय लिम्बुवान पार्टी नेपालले हिजोदेखि पूर्वका नौ जिल्लामा बन्दको आह्वान गरेको हो ।
बन्दलाई कडा बनाउने भन्दै वन्दकर्ताले मोटरसाइकल समेत चल्न दिएका छैनन् । बन्दकर्ताहरु बिहानैबाट चोक चोकमा निस्केर बजार पसल बन्द गराउँदै हिडेका छन् ।
उता, बन्दको अवज्ञा गरेको भन्दै गएराति पाँचथरको रानीगाउँमा आन्दोलनकारीले एउटा जिप, एउटा ट्याक्टर र एउटा मोटरसाइकल तोडफोड गरेका छन् ।