काँग्रेस कार्यसमितिको बैठक आज बस्दै

काँग्रेस कार्यसमितिको बैठक आज बस्दै

  • मङ्लबार, भदौ १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौं, १५ भदौ ।

नेपाली काँगे्रस कार्यसमितिको बैठक आज बस्दै । विहान ८ बजे संविधानसभा भवन नया वानेश्वरमा  बस्ने बैठकमा संविधान संशोधन गरेर महाधिवेशनको मिति सार्ने विषयमा छलफल गर्न काँगे्रस केन्द्रिय सदस्य नविन्द्रराज जोशीले जानकारी दिनुभयो ।

काँग्रेसले अन्तरिम संविधान संशोधन गरेर पार्टी अधिवेशन ६ महिना पर सार्ने गरि आन्तरिक तयारी गरेको छ । आज बस्ने केन्द्रिय कार्यमितिको बैठकमा महाधिवेशनको मिति सार्ने र समसामयिक राजनीतिक विषयमा छलफल हुने जोशीले बताउनुभयो ।

भदौ सत्र गतेदेखि गाँउ, नगर र वडा अधिवेशन तोकेको काँग्रेसले नयाँँ संविधानको विधायकमा ६ महिना म्याद थप गर्न पाउने व्यवस्था गरेपछि महाधिवेशनको प्रकृया नै रोकिएको थियो । तर नयाँ संविधान तत्काल जारी हुने सम्भावना न्युन भएपछि महात्रिवेशन अन्यौलमा परेको हो ।

अन्तरिम संविधानमा निर्वाचन आयोगमा दर्ता हुने कुनै पनि दलले बढिमा पाँच बर्षभित्र केन्द्रिय सदस्य र पदाधिकारीहरुको चयन निर्वाचनमार्फत गर्नुपर्ने व्यवस्था छ ।
काँग्रेसले पार्टीको विधानअनुसार चारबर्षे कार्यकाल गत असोज ५ गते नै पुरा गरि एक बर्ष म्याद थपेको थियो । संविधान अनुसार असोज ५ गते अधिवेशन नभए काँग्रेस अवैधानी मानीने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी