माथेमा आयोगले दिएको ७३ सुझाव कार्यान्वयनमा गैसक्यो : प्रवक्ता लम्साल

माथेमा आयोगले दिएको ७३ सुझाव कार्यान्वयनमा गैसक्यो : प्रवक्ता लम्साल

  • सोमवार, भदौ १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौ, १४ भदौ ।
शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरिप्रसाद लम्सालले डा. केदारभक्त माथेमा नेतृत्वको चिकित्सा शिक्षासम्वन्धी आयोगले बुझाएको प्रतिवेदनमा ७३ वटा सुझाव कार्यान्वयनमा गइसकेको बताउनु भएको छ ।

अध्ययन समितिले आयोगको सुझावलाई ८५ क्याटोगोरीमा राखेर ७३ वटा तत्काल कार्यान्वयन गर्न सक्ने भनेको र त्यसलाई तत्काल कार्यान्वयनको लागि पठाइएको उहाले बताउनुभयो ।

रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा शिक्षा मन्त्रालयका प्रवक्ता लम्सालले माथेमा आयोगको प्रतिवेदन कार्यान्वयन र डा. गोविन्द केसीको मागको विषयमा सरकारले केही गरिरहेको छैन भन्ने कुरा गलत भएको दाबी गर्नुभयो ।

बाँकी १२ वटा सुझाव कार्यान्वयनमा केही नीतिगत र कानूनी समस्या रहेको भन्दै उहाले यसबारे सरकारले छलफल गरिरहेको समेत स्पष्ट पार्नुभयो ।

कार्यक्रममा नेपाल चिकित्सक संघका अध्यक्ष डा. अञ्जनी कुमार झाले डा. गोविन्द केसीले उठाएको माग पनि पुरा हुने र निजी लगानीकर्ताहरुको लगानी पनि नडुब्ने गरी समाधान खोज्नु पर्ने बताउनुभएको थियो ।

यता माथेमा आयोगका सदस्य डा. भगवान कोइरालाले सबै मेडिकल कलेजले मेडिकल काउन्सिलको मापदण्ड पुरा गर्न नसकेको बताउनु भएको छ ।

यस्तै उहाले अझै १२ वटा क्याम्पस थपिए मुलुकको चिकित्सा शिक्षालाई धारासायी बनाउने चेतावनी समेत दिनुभएकाृ छ ।

रिपोर्टर्स क्लब नेपालले आज राजधानीमा आयोजना गरेको साक्षात्कारमा कोइरालाले मेडिकल कलेजहरु काठमाडौं केन्द्रीत हुँदा मुलुकमा स्वास्थ्य क्षेत्रको समानुपातिक विकास हुन नसकेको दाबी गर्नुभयो ।

चिकित्सा अध्ययनमा अपारदर्शी ढंगले शुल्क लिँदा समग्र क्षेत्र नै बदनाम हुने अवस्था आएको भन्दै उहाले कार्यदलले बैज्ञानिक आधारमा ३५ लाख रुपैयाँ शुल्क तय गर्नपर्ने सुझाव दिएको समेत बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी