काठमाण्डौ,१४ भदौ ।
सिराहामा आज एक युवकमाथि गोली प्रहार भएको छ । गोली प्रहारबाट मिर्चैया नगरपालिका–१० मथलेश्वरका अन्दाजी ३२ वर्षीय रामबाबु यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक रामकृपाल साहले जानकारी दिनुभयो ।
उहाँका अनुसार सिरहा नगरपालिकाबाट स३प ७२२० नंको मोटरसाइकल लिएर माडरतर्फ जाँदै गरेको अवस्थामा यादवमाथि गोली प्रहार भएको हो ।तिघ्रामा गोली लागेका यादवको उपचार अहिले सिरहास्थित जिल्ला अस्पतालमा भइरहेको छ ।
प्रहरीका अनुसार गोली कसले र किन प्रहार गरेको विषयमा केही खुल्न सकेको छैन । गोली प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरी उपरीक्षक साहले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline