काठमाण्डौ,१४ भदौ ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसको मुक्ति नभएसम्म आन्दोलन जारी रहने बताउनुभएको छ ।
उहाले आफनो अधिकार संविधानमा सुनिश्चित गराउन लागि मधेसी, थारु, आदिवासी, दलित, जनजातिहरु सडकमा ओर्लिसकेको भन्दै अधिकार प्राप्त नभएसम्म आन्दोलन जारी रहने बताउनुभयो ।
आज जनकपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष यादवले २०६४ सालमा सरकारले गरेको आठबुँदे र २२ बुँदे सम्झौता कार्यान्वयन नै वार्ताका लागि आफूहरुको ‘बटमलाइन’ भएको बताउनुभयो ।
यथास्थितिमा सरकारसँग वार्ता हुन नसक्ने बताउँदै अध्यक्ष यादवले विगतको सम्झौता तत्काल लागू गर्नुपर्ने अडान राख्नुभयो । एक फरक प्रसंगमा उहाले तत्काल वार्ताको औचित्य नरहेको बताउनुभयो । उहाँले थरुहट र मधेसका जनताले कुनै पनि हालतमा आफ्नो अधिकार लिएरै छाड्ने अठोट व्यक्त गर्नुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline