काठमाडौं ।
अपाङ्गता भएका व्यक्तिहरुका साझा चौतारीको रुपमा रहेको अपाङ्गता भएका व्यक्तिहरुका लागि नेपाल बोसिया संघको सातौं वार्षिक साधारण सभाबाट गोमादेवी पौडेल पुनः अध्यक्षमा सर्वसम्मत हुनु भएको छ । आज भएको साधारण सभाबाट पौडेलको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मतीमा चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा धुनलाल गैरे, महासचिवमा देवकुमारी पराजुली, सचिवमा दुर्गा मान तामाङ्ग र कोषाध्यक्षमा एलेन पिया रहेका छन् भने सदस्यमा क्रमशः रमला पौडेल, गोमा घिमिरे दवाडी, प्रेमकृष्ण प्रजापति, छुल्टिम ग्याल्जेन शेर्पा रहेका छन् ।
त्यस्तै नवनिर्वाचित कार्यसमितिको आजै पहिलो बैठक बसी शरद भुषाल र शोभा विष्ट खतिवडालाई सदस्यमा मनोनयन गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline