सामुदायिक सेवा केन्द्रलाई निःशुल्क जग्गा प्रदान

सामुदायिक सेवा केन्द्रलाई निःशुल्क जग्गा प्रदान

  • सोमवार, भदौ १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

खोटाङ, १४ भदौ ।

सामुदायिक विकास सेवा केन्द्र खोटाङको भवन निर्माणका लागि जिल्लाका एक समाजसेवीले निःशुल्क जग्गा उपलब्ध गराउनुभएको छ ।

रतन्छाका कृषिविज्ञ एवम् समाजसेवी मदन राईले केन्द्रको भवन निर्माणका लागि दिक्तेल नगरपालिका–५ रत्नपार्क नजिक आठ आना जग्गा निःशुल्क उपलब्ध गराउनुभएको हो ।

जग्गा दाता राईले हालसम्म भवन अभावमा रत्नपार्क्स्थित पुरानो दिक्तेल गाविसको भवनमा सञ्चालन हुँदै आएको केन्द्रलाई निःशुल्क जग्गा उपलब्ध गराउनुभएको केन्द्रका अध्यक्ष सनमान खड्काले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटा र प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीको आग्रहमा राईले सामुदायिक विकास केन्द्रलाई निःशुल्क जग्गा उपलब्ध गराउनुभएको खड्काको भनाइ छ ।

जग्गादाता राईले यसअघि नेपाल पत्रकार महासङ्घ, अपाङ्ग सेवा सङ्घ, किरात राई यायोक्खा, सामुदायिक वन उपभोक्ता महासङ्घ, भूपू सैनिक सङ्घ, महिला एकता अध्ययन केन्द्र, मानवअधिकारका लागि एकल महिला सञ्जाललगायतलाई जग्गा दिइसक्नुभएको छ ।

प्राप्त जग्गामा यसै वर्ष्भित्र नयाँ भवन निर्माण गरिने सामुदायिक विकास सेवा केन्द्रले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी