मगरातको बन्दले चार अन्चलको जनजीवन प्रभावित

मगरातको बन्दले चार अन्चलको जनजीवन प्रभावित

  • सोमवार, भदौ १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौ १४ भदौ । 

प्रदेश सिमांकनप्रति असन्तुष्टी जनाउदै संयुक्त मगर मन्च र नेपाल मगर संघले आह्वान गरेको चार अन्चल बन्दका कारण बिहानैबाट त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।

बन्दका कारण ती क्षेत्रमा लामो तथा छोटो दुरीका सवारी साधन सन्चालनमा आउन सकेका छैनन् भने शिक्षण संस्था तथा बजार पसल ठप्प रहेका छन् ।

दलहरुले प्रदेशको सिमांकन गर्दा मगरहरुको सघन बस्तीलाई छिन्न भिन्न बनाएर बिना आधार सात प्रदेशको खाका तयार पारिएको भन्दै विरोध स्वरुप धौलागिरी, लुम्बिनी, राप्ती र गण्डकी अञ्चलका विभिनन जिल्लामा बन्दको आहृवान गरिएको मगर संघ गुल्मीका अध्यक्ष श्रीप्रसाद भलामीले बताउनु भयो ।

पाल्पा, गुल्मी, अर्घाखाँची, तनहुँ, बाग्लुङ, स्याङजा, कास्की, लमजुङ, गोरखा, म्याग्दी, पर्वत, रोल्पा, रुकुम, प्युठान, दाङ, डोल्पा लगायत मगर बाहुल्यता रहेको जिल्लाहरु बन्दको प्रभाव परेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी