लिम्बुवानद्धारा अरुण पूर्वका नौ जिल्ला बन्द

लिम्बुवानद्धारा अरुण पूर्वका नौ जिल्ला बन्द

  • सोमवार, भदौ १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौ १४ भदौ  । 

अरुण पूर्वका नौ जिल्लालाई लिम्बुवान प्रदेश बनाउनु पर्ने माग राख्दै संघीय लिम्बुवान पार्टी नेपालले आह्वान गरेको बन्दका कारण विहानैबाट त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।

अरुण पूर्वका नौ जिल्लामात्र भएको प्रदेश चाहिने भन्दै उनीहरुले पूर्वका नौ जिल्लामा आज र भोली दुई दिने आमहड्तालको आह्वान गरेका हुन् ।

बन्दका कारण पूर्वका ताप्लेजुङ, पाँचथर, ईलाम, झापा, तेह्रथुम, संखुवासभा, धनकुटा, मोरङ र सुनसरीको जनजीवन प्रभवित बनेको छ ।

ती क्षेत्रमा विहानैदेखि लामो तथा छोटो दूरीका सवारी साधन सन्चालनमा आउन सकेका छैनन् भने शिक्षण संस्था कलकारखाना, बजार पसल ठप्प छन् । ताप्लेजुङमा भने लाखे जात्रा भएकाले बजार खुल्ला गरिएको छ ।

चार दलले अरुणपूर्वका नौ जिल्लामा सगरमाथा अञ्चलका पाँच जिल्ला पनि थपेर प्रदेश बनाएपछि उनीहरु असन्तुष्ट बनेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी