आन्दोलनरत पक्षलाई प्रधानमन्त्रीद्धारा पुनः पत्रचार

आन्दोलनरत पक्षलाई प्रधानमन्त्रीद्धारा पुनः पत्रचार

  • सोमवार, भदौ १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौ १४ भदौ । 

प्रधानमन्त्री सुशील कोइरालाले आन्दोलनरत मधेश केन्द्रित दल, थारु कल्याणकारीसभा तथा थरुहट-थारुवान संयुक्त संघर्ष समितिलाई वार्ताका लागि अह्वान गर्दै पुनः पत्राचार गर्नुभएको छ ।

प्रमुख दलहरुबीच संविधान निर्माण प्रक्रिया र वार्तालाई सँग सँगै लैजाने गरी भएको सहमतिका आधारमा प्रधानमन्त्री कोइरालाले आन्दोलनरत पक्षलाई वार्तामा आउन पुनः आह्वान गर्दै पत्राचार गर्नुभएको हो ।

तराई क्षेत्रमा आन्दोलनरत मधेशवादी दल तथा थरुहट-थारुवान संयुक्त संघर्ष समितिले यसअघि प्रधानमन्त्रीले पठाएको पत्रको जवाफमा संविधान निर्माण प्रक्रिया रोक्नु पर्ने लगायतका माग राख्दै जवाफ पठाएका थिए ।

प्रधानमन्त्री कोइरालाले पठाउनु भएको जवाफमा सम्बन्धित पार्टीहरुका तर्फबाट उठाइएका विगतका सम्झौता तथा सहमतिलाई कार्यान्वयन गर्ने विषयलाई सरकारले यस अघि गरेका निर्णय र प्रस्तावित संविधानको विधेयकमा समेटिएका विषयलाई एकीकृत गरी वार्तामा बसेर छलफल गर्न सकिने बताउनु भएको छ ।

उहाँले समेट्नु पर्ने विषयमा सहमति गरी संविधानको विधेयक संशोधनमा अझै पनि समावेश गर्ने प्रयत्न गर्न सकिने बताउनु हुदै आपसी सहमतिलाई तत्काल विधेयकमा समावेश गरेर संविधान निर्माणको चालु प्रक्रियालाई परिणाममुखी बनाउन सकिने उल्लेख गर्नु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी