पत्रकार महासंघको टोली टिकापुरमा

पत्रकार महासंघको टोली टिकापुरमा

  • आइतवार, भदौ १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाण्डौ,१३ भदौ ।

टीकापुर घटनाले पत्रकारमा बढेको असुरक्षाको अवस्था बुझ्न नेपाल पत्रकार महासंघको टोली कैलालीको टीकापुरमा गएको छ ।

महासंघका महासचिव उजिर मगरको नेतृत्वमा गएको टोलीले टीकापुरमा रही पत्रकारिता गरिरहेका पत्रकारसँग यहाँको अवस्थाबारे जानकारी लिएको छ ।

महासंघ टोलीसंगको छलफलमा पत्रकारहरुले आफूहरु पहाडिया र थारु दुबै पक्षबाट असुरक्षित रहेको गुनासो गरेका छन । आन्दोलनरत दुबै पक्षले आफनो अनुकुल समाचार आउँदा मात्र पत्रकारलाई राम्रो भन्ने गरेको बताएका छन ।

टीकापुर घटनापछि एक समुदायमा जन्मेको पत्रकार अर्को समुदायमा ढुक्कसँग जान सक्ने अवस्था नरहेको पत्रकारहरुले टोलीलाई जानकारी गराएका छन ।

टोलीका संयोजक उजिर मगरले अहिले बिग्रेको सद्भाव कायम गर्न छापा तथा विद्युतीय माध्यममा सद्भाव कायम हुने किसिमका नाराहरु प्रकाशित र प्रसारित गर्न सुझाब दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी