काठमाण्डौ, १२ भदौ ।
अन्दोलनरत विभिन्न दल तथा समूहलाई वार्ताका लागि पुनः आग्रह गर्ने प्रमुख चार दलले निर्णय गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवटारमा आज बसेको नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत माओवादी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका शीर्ष नेताहरुले संघीयताको सिमांकनलगायतका विषयमा असन्तुष्ट विभिन्न दल र समूहलाई वार्तामा आउन पुनः आग्रह गर्ने निर्णय गरेका हुन् ।
बैठकले संविधान निर्माण प्रक्रिया नरोकिने भन्दै संविधानसभाले विधेयक संशोधनका लागि दिएको सात दिनको समयभित्रै वार्ता र छलफल गरी सबै विषयको टुंगो लगाउने निर्णय गरेको छ ।
बैठकपछि नेकपा एमालेका नेता माधवकुमार नेपालले असन्तुष्ट दलहरुसँग वार्ता र संविधान लेखनको प्रक्रियालाई सँगै अघि बढाउने विषयमा सहमति भएको जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline