काठमाण्डौ,१३ भदौ ।
नेपाल प्रहरीले स्थानान्तरण गरिएका प्रहरी चौकीहरु पुनःस्थापित भैसकेको जनाएको छ । प्रहरी प्रवक्ता कमल सिंह बमले आज एक विज्ञप्ति जारी गरी प्रहरी चौकीहरु मर्ज गरिएको वा गाभिएको भनेर बुझ्न नहुने स्पष्ट पार्नुभएको छ ।
सिमाङकन प्रति असन्तुष्टी जनाउदै देशका बिभिन्न स्थानमा भएका आन्दोलनले असहज परिस्थिति सिर्जना भएपछि प्रहरीले चौकी स्थानान्तरण गरेको थियो । शान्ति सुरक्षालाई सुदृढ बनाउन भन्दै अस्थायी र थोरै जनशक्ति भएका प्रहरी पोष्ट तथा नगर क्षेत्रका बिटहरुलाई पायक पर्ने अर्को एकाईमा सारिएको थियो ।
हाल जनशक्तिको भरपर्दो व्यवस्था गरी पुनःस्थापित गराइसकेको प्रहरी प्रबक्ता बमले जनाकारी दिनुभयो । स्थानान्तरणको प्रक्रिया मर्ज भएको वा गाभिएको भनेर सन्चार माध्यममा आएको भन्दै प्रहरीले त्यसको खण्डन गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline