सात प्रदेशबाट बढ्नु हुँदैन – सचिव भट्टराई

सात प्रदेशबाट बढ्नु हुँदैन – सचिव भट्टराई

  • आइतवार, भदौ १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौँ, १३ भदौ ।

नेकपा एमालेका सचिव योगेश भट्टराईले अब सात प्रदेशबाट माथि नजाने अडानमा रहनुपर्ने बताउनु भएको छ ।

एमाले केन्द्रीय प्रचार विभागद्वारा राजधानीमा आयोजित सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा सचिव भट्टराईले एमालेको भदौ ९ गतेको स्थायी कमिटीको बैठकले अब प्रदेशका सङ्ख्या बढाउन नहुनेमा जोड दिएको बताउँदै यसबीचमा उठेका असन्तुष्टिका सवाललाई सम्बोधन गर्न प्रस्तावित प्रदेशका जिल्लालाई यताउता गर्न सकिने बताउनुभयो ।

उहाँले आवश्यक पर्दा मुस्लिम, थारु, मधेसी वा जनजातिका संवैधानिक आयोग बनाउने विषयमा एमाले सकारात्मक भएको जानकारी दिनुभयो । सचिव भट्टराईले अमेरिकी र पश्चिमा शक्तिले नेपालमा टेकेर भारत र चीनलाई हेर्ने काम गरिरहेकाले संविधान निर्माणमा उनीहरुको पनि आफ्नो चासो रहेको बताउँदै नेपाललाई छिन्न भिन्नसहितको राष्ट्र मण्डल होइन, एकीकृत नेपाल बनाउने संविधान आवश्यक छ भन्नुभयो ।

उहाँले एमाओवादीका नेता वर्षमान पुन र जनार्दन शर्मासहितको सहभागितामा टीकापुरको हिंसात्मक घटनाको योजना बनाइएको आरोप लगाउनुभयो । यसले एमाओवादीलाई अनिश्चिततातर्फ र मुलुकलाई अराजकतामा धकेल्ने उहाँको विश्लेषण छ ।

कार्यक्रममा एमालेका प्रचार विभागका उपप्रमुख सूर्य थापाले पार्टीले जनवर्गीय सङ्गठनलाई अधिकारका सवालमा लड्न रोक नलगाएको तर नियन्त्रण बाहिर नजान भनेको स्पष्ट पार्नु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी