प्रहरी निरिक्षकले चोरे भुकम्प पिडितको राहत

प्रहरी निरिक्षकले चोरे भुकम्प पिडितको राहत

  • आइतवार, भदौ १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

 काठमाडौं, १३ भदौ ।

भूकम्प पीडितलाई वितरण गर्न राखिएको गोदाम घरबाट हराएका जस्तापातालगायतका निर्माण सामाग्रीहरु प्रहरी निरीक्षकको घरबाट बरामद गरिएको छ ।

धादिङसँग सिमा जोडिएको गोरखाको विद्यालयलाई अस्थायी टहरा निर्माण गर्न आरुघाट बजारमा गोदाम गरी राखिएका जस्तापाता र तयारी अवस्थाका  ग्रिलट्रष्ट हराएको भन्दै खोजी थालिएको थियो ।

स्थानीय बासिन्दाहरुले ईलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक रविन्द्र खनालले राहत सामाग्रि धादिङ नलाङस्थित आफ्नो घरमा पठाएको उजुरी दिएपछि जिल्ला प्रहरी धादिङले नलाङ–३ आप्रि टोलस्थित प्रहरी निरीक्षक खनालको घर खानतलासी गरेको थियो ।

सोहि क्रममा उनको घरमा  १ सय २ थान जस्तापाता र १२ वटा ट्रष्ट लाई पुग्ने ग्रिल वरामद भएको होे ।

राहत सामाग्री वरामद भएलगत्तै प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षक खनाललाई प्रधान कार्यालयमा उपस्थित हुन आदेश दिएको छ । खनाल आज धादिङस्थित प्रहरीको  सम्पर्कमा आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी