निर्वाध रुपमा गाडी चलाउन सरकारको आग्रह

निर्वाध रुपमा गाडी चलाउन सरकारको आग्रह

  • आइतवार, भदौ १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौं, १३ भदौ ।

सरकारले निर्वाध रुपमा गाडी चलाउन यातायात व्यवसायीसँग आग्रह गरेको छ । बन्दका कारण राजमार्गमा दिउँसो गाडी चलाउन समस्या भैरहेको भन्दै यातायात व्यवसायीले सुरक्षा दिन माग गरेपछि सरकारले यस्तो आग्रह गरेको हो ।

गृह मन्त्रालयका सचिव सूर्यप्रसाद सिलवालले दिउँसो चल्ने गाडीलाई पनि प्रहरीले सुरक्षा दिने बताउनुभयो । व्यवसायीले भने बन्दका कारण तराईका कतिपय जिल्लामा दिउँसो गाडी चलाउन नसकिने बताएका छन् ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले गाडी चलाउन पूर्ण सुरक्षाको ग्यारेन्टी हुनुपर्ने बताउनुभयो । बन्दका बेला गाडी चलाउँदा तोडफोड भैरहेकाले सुरक्षाको प्रत्याभूति हुनुपर्ने व्यवसायीको माग छ ।

हिजो जनैपूर्णिमाको कारण आन्दोलनकारीले बन्द खुलाएपछि बिहानसम्म राजमार्गमा धेरै गाडी सञ्चालन भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी