आन्दोलनरत पक्षका माग सम्बोधन गर्न प्रमुख चार दल छलफलमा

आन्दोलनरत पक्षका माग सम्बोधन गर्न प्रमुख चार दल छलफलमा

  • आइतवार, भदौ १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौ, १३ भदौ ।

प्रदेश सिमांकनको विरोधमा तराईमा आन्दोलनरत पक्षका माग सम्बोधन गर्ने विषयमा औपचारिक धारणा बनाउन प्रमुख चार दलको शिर्ष नेता सम्मिलित बैठक सुरु भएको छ ।

बालुवाटार स्थित प्रधानमन्त्री निवासमा जारी बैठकले मधेसी मोर्चा र थारु संघर्ष समितिले बुझाएका मागमा तथा संविधान निर्माण बारेपनि ठोस धारणा तयार गर्ने नेताहरुले बताएका छन् ।

आजको छलफलबाट मागका विषयमा औपचारिक धारणा तयार हुने एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । आजको छलफलबाट भोलि नै वार्तामा बस्ने गरि वाताबरण बनाउने उहाँको भनाई छ ।

आन्दोलनरत पक्षहरुले वार्ताको वातावरण बनाउन संविधान निर्माणको प्रक्रिया रोक्नु पर्ने शर्त अघि सारेपछि संविधान निर्माण प्रक्रिया र असन्तुष्ट दलहरूसँगको छलफललाई सँगसँगै लैजाने दलहरुको तयारी छ ।

संविधानसभामा जारी संविधानको परिमार्जित विधेयकमाथिको सैद्धान्तिक छलफल आज सकिने भएकाले संशोधनका लागि दिइने सात दिनको समयभित्र असन्तुष्ट पक्षसंग बार्ता गरि समस्या सामाधान गर्ने नेताहरुको तयारी छ ।

तर त्यसो हुन नसके संविधान जारी गरेर भए पनि प्रकृया बाहिर रहेका दलहरुको माग सम्बोधन गर्न सकिने लगाएतका विषयमा प्रमुख दलहरुबीच छलफल भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी