आज अन्तराष्ट्रिय बेपत्ता दिवस, विविध कार्यक्रमको आयोजना गरी मनाइदै

आज अन्तराष्ट्रिय बेपत्ता दिवस, विविध कार्यक्रमको आयोजना गरी मनाइदै

  • आइतवार, भदौ १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौ,१३ भदौ।

आज अगस्ट ३० तारिख, अन्तराष्ट्रिय बेपत्ता दिवस । नेपालमा पनि मानव अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाले विविध कार्यक्रमको आयोजना गरी मनाउदै छन् ।

बल पुर्वक वेपत्ता पारिएकाहरुको सम्झनामा सन १९ सय ८१ देखि यो दिवस अगस्त ३० अर्थात आजकै दिन मनाउने गरिन्छ ।

नेपालमा १० बर्षे सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन नेकपा माओवादी र राज्य पक्षबाट एक हजारभन्दा बढी नेपाली नागरिक बेपत्ता पारिएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ ।

त्यसपछि पनि नागरिकलाई बेपत्ता पार्ने क्रम जारी रहेको अधिकारवादी संघसंस्थाहरुले बताउँदै आएका छन् । बेपत्ता पारिएका अधिकांश नागरिकहरूको अवस्था अभैm पनि अज्ञात छ।

विस्तृत शान्ति सम्झौता अनुसार लामो समयपछि सत्य निरुपण तथा मेलमिलापका साथै वेपत्ता छानबिन आयोग गठन भएपनि अहिले ती आयोगहरु निष्कृय जस्तै बनेका छन ।

नै बर्षअघि भएको विस्तृत शान्ति सम्झौताका क्रममा तत्कालिन विद्रोहि र राज्य दबैपक्षले ६० दिनभित्र सुचना सार्वजनिक गर्ने र वेपत्ता नागरिकहरुको अवस्थाबारे उनिहरुको परिवारलाई जानकारी गराउने प्रतिबद्धता जनाएका थिए ।

तर लामो समयसम्म पनि उनीहरुको अवस्था सार्वजनिक नगरिएको भन्दै वेपत्ता परिवारहरुले आक्रोश पोखेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी