काठमाडौं, १३ भदौ ।
संविधानसभामा जारी संविधानको परिमार्जित विधेयकमाथिको सैद्धान्तिक छलफल आज सकिदैछ । आज पनि विधेयकमाथि बोल्न बाँकी रहेका सभासदहरुले आफ्ना धारणा राख्नेछन् ।
छलफलमा भाग लिन ४ सय ५२ जना सभासदले नाम टिपाएकोमा हिजोसम्ममा करिब ४ सय सभासदहरुले विधेयकमाथि आफ्नो धारणा राखिसकेको संविधानसभा सचिवालयका सहयक प्रवक्त सुदर्शन कुँइकेलले जानकारी दिनुभयो ।
परिमार्जित विधेयक मस्यौदा छलफलबाट आज पारित भएसंगै संविधान निर्माणको प्रकृया अन्तिम चरणमा प्रवेश गर्नेछ । अबको चरणमा भने विधेयकमा संसोधनको सुचना हाल्न चाहाने सभासदहरुका लागि ७ दिनको समय उपलब्ध गराइनेछ ।
संशोधनको सुचना टुंगो लागेपछि संविधनाको विधेयकमा संविधनासभामा दफबार छलफल हुनेछ तर संशोधनको सुचना अस्विकृत भए मस्यौदा समितिले हाल तयार पारेको विधेयकमाथि नै संविधानसभामा दफाबार छलफल गरेर पारित हुनेछ ।
दफाबार छलफलपछि विधेयकलाई संविधानको अंग बनोस भन्ने सभाध्यक्षको प्रस्तावसंगै पारित गर्दै लगिनेछ । विधेयक पारित भएपछि संविधानसभाका अध्यक्ष, उपाध्यक्ष र सदस्यहरुले प्रमाणीकरण गर्नेछन । प्रमाणीमकरण कार्य सकिएलगत्तै राष्ट्रपतिले संविधना लागु भएको घोषणा गर्नुहुनेछ ।