काठमाडौ १२ भदौ ।
सिमांकनको विरोधमा तराईका विभिन्न ठाउमा आन्दोलनरत मुस्लिम र दलित समुदायका अगुवासंग प्रधानमन्त्री सुशिल कोइरालाले बार्ता सुरु गर्नुभएको छ ।
उहाले नेपाल रहे मात्र नेपालीको गौरव कायम हुने भएकाले आफ्नो कर्तव्य नबिर्सन पनि दलित नेताहरुसँग आग्रह गर्नुभयो ।
नेपालीको हक, अधिकार सुनिश्चित भए सबै जातजाति, भाषभाषी र समुदायको हक, अधिकार सुनिश्चित हुने भन्दै प्रधानमन्त्री कोइरालाले संविधान जारी भएपछि राजनीतिक स्थायित्व कायम हुने दाबी गर्नुभयोे ।
प्रधानमन्त्रीसँगको छलफलमा दलित नेताहरुले भने संविधानमा आफूहरुका हक, अधिकार सुनिश्चित गर्न माग गरेका थिए ।
यस्तै प्रधानमन्त्री कोइरालाले शान्ति, सद्भाव र मेलमिलापबाटै मुलुकमा देखिएका समस्याको समाधान खोज्न आफू तयार रहेको बताउनु भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज ब्रह्मकुमारी राजयोगको रक्षाबन्धन ग्रहण गर्दै प्रधानमन्त्री कोइरालाले मुलुकले धेरै दुःख पाइसकेकाले अगाडिका घटनाबाट पाठ सिकेर अघि बढ्नुको विकल्प नभएको बताउनु भएको हो ।
प्रधानमन्त्री कोइरालाले आन्दोलनरत असन्तुष्ट दललाई वार्तामा आउन आह्वान गरिएको र वार्ता र सद्भावबाटै समस्याको समाधान खोज्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले मुलुकले धेरै हत्या, हिंसा र आन्दोलनको मुकाबिला गरी सकेकाले अबको आन्दोलन मुलकलाई स्वीकार्य नहुने स्पस्ट पारे ।
आन्दोलनका उपलब्धि संस्थागत गर्ने अन्तिम अवसर आएकाले सबै मिलेर संविधान जारी गर्नुको विकल्प नभएको उनको भनाइ थियो ।