काठमाडौ १२ भदौ ।
संविधान निर्माणप्रति असन्तुष्ट विभिन्न दल तथा समुहसँग प्रमुख राजनितिक दलहरुले आजदेखि वार्ता गर्दैछन् ।
प्रधानमन्त्री सुशिल कोइरालाको आह्वानमा वार्तामा आउन इच्छुक दल तथा समुहसँग आजदेखि वार्ता हुन लागेको हो ।
आज बिहान संयुक्त दलित संघर्ष समिति र मुस्लिम संघर्ष समितिसँग वार्ता गर्ने तयारी भइरहेको प्रधानमन्त्रीका सहयोगीहरुले बताएका छन् ।
यसैबीच पश्चिम तराई आन्दोलनरत थरुहट संयुक्त संघर्ष समितिसँग पनि आज अपरान्न सम्ममा वार्ता हुने बताइएको छ ।
पूर्वी तराईमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरु राजधानी आइसकेपछि दिउँसो वार्ता हुने प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline