काठमाडौ १२ भदौ ।
थारु बाहुल्यता रहेको पश्चिम तराईका जिल्लाहरुलाई थरुहट प्रदेश बनाउने पर्ने माग गर्दै आन्दोलनरत थरुहट-थारुवान संयुक्त संघर्ष समितिले आज सरकारले गरेको वार्ता आह्वानबारे लिखित जवाफ पठाउदैछ ।
यसअघि हिजो नै जवाफ पठाउने भनिएपनि वार्ताका लागि एजेन्ड तय गर्न ढिलाई भएपछि आज बिहान मात्र लिखित जवाफ पठाउने थतयारी भएको संघर्ष समितिका प्रवक्त तथा एमाओवादीका सभासद अमनलाल मोदीले जानकारी दिनुभयो ।
सरकारको पत्रको जवाफमा संघर्ष समितिले सातबुँदे सर्तसमेत समावेश गरिएको छ । सम्भवतः वार्ताको वातावरण सरकारका तर्फबाट मिलाइए आज नै पहिलो चरणको वार्ता हुनसक्ने सम्भवना रहेको प्रवक्त मोदीको भनाई छ । संघर्ष समितिले वार्ताका लागि टोली समेत गठन गरेको छ ।
आन्दोलनरत विभिन्न पक्षलाई आन्दोलन छाडेर वार्तामा आउनका लागि आह्वान गर्दै सरकारका तर्फबाट प्रधानमन्त्री सुशिल कोइरालाले गत विहीबार लिखित पत्र पठाउनु भएको थियो ।