आज तेस्रो दिन पनि संविधानसभामा परिमार्जित विधेयक माथिकै छलफल

आज तेस्रो दिन पनि संविधानसभामा परिमार्जित विधेयक माथिकै छलफल

  • शुक्रबार, भदौ ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौं, ११ भाद्र । संविधानसभामा आज तेस्रो दिन पनि नयाा संविधानको परिमार्जित विधेयक माथिकै छलफल जारी रहेको छ । गत बुधबारबाट शुरु भएको परिमार्जित विधेयक माथिको छलफलमा अहिलेसम्म करिब दुईसय जना सभासदहरुले परिमार्जित विधेयक माथिको छलफलमा भाग लिंदै आ–आफ्नो धारणा राखिसकेका छन् ।
संविधानसभा भवन नयााबानेश्वरमा जारी बैठकमा आज पनि बिहानै देखि उक्त परिमार्जित विधेयक माथि छलफल जारी रहेको छ भने अहिले पनि विभिन्न राजनैतिक दलका सभासदहरुले विधेयक माथि धारणा राख्नेक्रम जारी छ ।
गत बुधबारको बैठकमा संविधान मस्यौदा समितिका सभापति कृष्ण प्रसाद सिटौलाले “नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गरे पछि छलफल प्रारम्भ भएको थियो भने छलफलको शुरुवात् संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरुका शिर्षनेताले गरेका थिए ।
संविधानसभामा विचार गरियोस् भनी राखिएको उक्त परिमार्जित विधेयक माथिको छलफलमा भाग लिने आकांक्षी सभासदहरुको संख्या धेरे भएकाले अझै केहि दिन यही छलफलले निरन्तरता पाउने भएको छ ।
उक्त विधेयक माथिको शुक्रबारको छलफलको शुरुमै बोल्दै नेपाली कांग्रेसका सभासद प्रकाशशरण महतले नयाा बन्ने संविधानको प्रस्तावनामै समाजवाद उन्मूख व्यवस्थाको व्यवस्था गर्नु संसारकै उल्टो बाटो हुने जिकिर गर्दै धर्मनिरपेक्षता र हिन्दूधर्मको विषयमा बीचको बाटो अबलम्बन गर्नु पर्ने बताएका छन् ।
उनले संविधानमा धार्मिक स्वतन्त्रता वा धर्म सम्बन्धित कुनै शब्दनै नराखी अगाडि बढाउनु पर्ने विचार गर्दै नत्र भविष्यमा यस्ले द्वन्द्व निम्त्याउने दाबी गर्दै अन्त शुल्क र आयकर सम्बन्धि सम्पूर्ण अधिकार भने केन्द्र सरकारमा नै हुनु अत्यन्तै जरुरी रहेको बताए ।
सभासद महतले सबैजातीले आ–आफ्नो ठाउा खोज्दै जाने हो भने यो संघीयता नै असफल हुने दाबी गर्दै टिकापुरमा हालै भएको घटनाको निन्दा र भत्र्सना गरेका छन् । उनले टिकापुरमा भएको यस घटनालाई क्रुरता र अमानवीय घटनाको संज्ञा दिंदै टिकापुर घटना सबै नेपालीका लागि आाखा खोल्ने घटना हुनसक्ने दाबी गर्दै यस्ता घटना दोहोरिन नहुने तर्फ सबै सचेत र सजग हुनु पर्ने विचार राखेका छन् ।
त्यस्तै शुक्रबारको छलफलमा नेकपा(एमाले)का बरिष्ठ नेता झलनाथ खनालले केही समय अगाडि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यही संसदमा आएर बोलेको कुराको स्मरण गर्दै मोदीले भने जस्तै ऋषिमन र बुद्धमनले दिर्घकाली सोच बनाएर नै नयाा संविधान निर्माण गर्न सके मात्र दिगो शान्ति र विकास नेपालमा सम्भव हुने बताएका छन् ।
एमालेका नेता तथा सभासद खनालले अहिले अगाडि बढ्न खोज्ने शक्ति र पछाडि तान्न खोज्ने शक्तिहरुबीच संघर्ष जारी रहेको दाबी गर्दै जनताले ६५ वर्ष अगाडि देखि देख्दै आएको संविधानसभाबाट बन्ने नयाा संविधानको आकांक्षा अब पुरा हुन लागेको स्पष्ट पारेका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका एमालेका सभासद खनालले संघीयता आफैमा क्रान्तिकारी परिवर्तन नभई यो त केवल शासन प्रणाली भएको र यसलाई नेपाली जनताले व्यापक छलफल, संश्लेषण र विश्लेण गरेर नल्याएको दाबी गर्दै सबै कुरा सफल हुन्छ भन्ने कुरा ग्यारेन्टी नभएको पनि स्पष्ट पारेका छन् ।
उनले संघीयता अहिले सम्पूर्ण नेपालीहरुका लागि एउटा प्रयोग भएकाले यसलाई सफल बनाउन सबैका तर्फबाट प्रत्यन्त हुन जरुरी रहेको स्पष्ट पार्दै अब नेपाली समाज पछाडी फर्कन नसक्ने हुादा राजतन्त्र र सामन्तवाद आउनै नसक्ने दाबी समेत गरे ।
६२/६३ को जनक्रान्तिले नेपाललाई आर्थिक र सामाजिक क्रान्तिका लागि आधार तयार रहेको जिकिर गर्दै अब नेपाली आकाशमा जती थर्किएर पनि नेपाली धर्ती जति डगमगाएर पनि अब कुनै पनि शक्तिले संविधान ल्याउनबाट रोक्न नसक्ने दाबी पनि नेता खनालको छ । नेता खनालले अहिले पहिले जस्तो निरंकुश शासन व्यवस्था नभएकाले अहिले खुाडा, खुकुरी, भाला लिएर जुलुस निकालेर आतंकीत पार्नु पर्ने जरुरी नभएको उल्लेख गर्दै अब लोकतन्त्र आइसकेकाले बार्ता र सम्वादबाट सबै कुरा टुंग्याउन सकिने पनि स्पष्ट पारे ।
अहिले आउन लागेका संविधान सहमतिको दस्तावेज भए यो अन्तिम दस्तावजे नभएकाले यसलाई समयानुसार परिवर्तन गर्दै लैजान सकिने विचार व्यक्त गर्दै नेता खनालले अहिले जातीवादी, क्षेत्रवादी, पृथकतावादी मनोबृत्तिहरु र प्रतिक्रान्तिवादी राजावादी शक्तिहरु क्रियाशील रहेको दाबी गरेका छन् । उनले टिकापुरमा हालै भएको घटना अत्यन्त दर्दनाक र नृसंस घटना भएको उल्लेख गर्दै एउटा डेढ वर्षे बालकलाई पनि नछाड्नुले सम्पूर्ण नेपालीको शिर निहुरिएको पनि स्पष्ट पारे ।
नेता खनालले अहिले आएको मस्यौदाले विगतका सबै खाले क्रान्तिका उपलब्धिहरु, मौलिक हक, पूर्ण प्रेस स्वतन्त्रता र स्वतन्त्र न्यायपालिका लगायतका सबै विषयलाई समेटेको दाबी गर्दै नयाा संविधान ज्यादै राम्रो र प्रगतिशील भएको बताए ।
त्यस्तै एमाओवादीका सभासद जनार्दन शर्माले लामो विद्रोह र क्रान्तिबाट नेपालीहरु अहिले संविधान निर्माणको अन्तिम चरणमा आइपुगेको दाबी गर्दै जनताको माग र आवाजलाई सम्बोधन गर्न शिर्ष नेताहरुलाई आग्रह गरेका छन् ।
सभासद शर्माले हटलाईन र आशिर्वादको पछि नलाग्न शिर्ष नेताहरुलाई विशेष अनुरोध गर्दै दलित लगायतका अधिकार र कर्मचारी ट्रेड  युनियनको अधिकार बिना लोकतन्त्र हुनै नसक्ने दाबी समेत गरे ।
थारु र मगरहरुको पहिचानको सवाल भएकाले उनीहरुको माग पुरा हुनु पर्ने धारणा राख्दै कैलालीमा थारुहरुले घटना घटाएका हुनै नसक्ने दाबी शर्माको छ । उनले कर्णालीलाई विशेष अधिकार सहितको प्रदेश बनाउन प्रस्ताव गर्दै अहिले कुरा अखण्ड, टुट्ने र फुट्ने नभई पहिचान र संघीयताको भएको दाबी गरेका छन् ।
त्यस्तै सभासद राप्रपा नेपालका सभासद दिलनाथ गिरीले संविधानसभाबाट बन्ने संविधानको लागि ६५ वर्ष पछि जनताको चाहना पुरा हुन लागेका जुन उमंग र हर्षोल्लास हुनु पथ्यो त्यो हुन नसकि जताततै आन्दोलन र असन्तोष देखिनु दु:खद भएको बताएका छन् । प्रहरी, सशस्त्र र सेना परिचालन गरेर जनताको मुख थुनेर संविधान निर्माण गर्नु लोकतन्त्र हुनै नसक्ने दाबी गर्दै भारत र चीनको सुरक्षालाई ध्यानमा राखेर धर्म निरपेक्षता बनाइएको सभासद गिरीले आरोप लगाएका छन् ।
हिजोको छलफलको क्रममा एमाओवादी बरिष्ठ नेता बाबुराम भट्टराईले राखेको सगरमाथाको चुचुरो चढ्नै आाटिएको र साउथ पोलसम्म पुगिएको बताएकाले नाम नलिइकन त्यस्को प्रतिवाद गर्दै सभासद गिरीले सगरमाथा चढ्ने बाटो नै फरक भएकाले चुचुरोसम्म पुग्ने त्यो बाटोमा ज्यादै हिमपात र तुफान आउनसक्ने भएकाले बाटो परिवर्तन गर्न प्रमुख दललाई आग्रह गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी