मुलुकको मुख्य एजेन्डा आर्थिक विकास हुनुपर्छ : अर्थमन्त्री

मुलुकको मुख्य एजेन्डा आर्थिक विकास हुनुपर्छ : अर्थमन्त्री

  • शुक्रबार, भदौ ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौं, भदौ ११ ।
अर्थमन्त्री डा. रामशरण महतले मुलुकको मुख्य एजेन्डा आर्थिक विकास हुनुपर्नेमा त्यसो हुन नसकेको स्विकार गर्नुभएको छ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को १६औं साधारणसभाको आज राजधानीमा उद्घाटन गर्दै उहाले आर्थिक मुद्दामा सबै एक हुनुपर्नेमा जोड दिनुभयो ।

आय बढाउने, निर्यात बढाउने र प्रतिस्पर्धी क्षमता बढाउनुपर्नेमासमेत जोड दिदै मन्त्री महतले उदार अर्थतन्त्रमा राज्य बलियो हुनुपर्ने बताउनु भयो ।

यस्तै, कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका, सेजनका संस्थापक अध्यक्ष प्रतीक प्रधानलगायतले मुलुकको आर्थिक विकासमा आर्थिक पत्रकारहरुको भूमिका महत्वपूर्ण बन्दै गएको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी