काठमाण्डौ,११ भदौ ।
नेपाल प्रहरीले प्रदेशहरुको सीमांकनको विरोधमा देशका विभिन्न स्थानमा भइरहेको आन्दोलनमा लाठी, भला, बन्चरो जस्ता घरेलु हतियार प्रयोग भएको पाइएको भन्दै कारबाही गर्ने चेतावनी दिएको छ ।
प्रहरी प्रवक्ता कमल सिंह बमले आज विज्ञप्ति जारी गरी शान्ति सुरक्षा खलबल्याउने कार्यहरु नगर्न सबैमा अपील गर्नुभएको छ । उहाले शान्ति सुरक्षा र अमनचयन भंग हुने गरी भेला, बन्चरो, लाठी, भरुवा बन्दुक जस्ता घरेलु हतियारसहित जुलुसमा सहभागी भएको पाइएको बिज्ञप्तीमा उल्लेख गर्नुभएको छ ।
साथै उहाले बालबालिका प्रयोग भएको, मुलुकको सार्वभौमसत्ता, अखण्डता र जातीय सद्भाव खलल गर्ने भ्रमपूर्ण अभिव्यक्ति वा लेखहरु प्रकाशित तथा प्रसारित भइरहेको पाइएको समेत जनाउनु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline