असन्तुष्ट सभासदसँग छलफल गर्ने काग्रेसको निर्णय

असन्तुष्ट सभासदसँग छलफल गर्ने काग्रेसको निर्णय

  • शुक्रबार, भदौ ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं, ११ भदौ ।

नेपाली कांग्रेसले प्रदेशको सीमाङ्नप्रति देखिएको असन्तुष्टी साम्य पार्न सभासदहरुसँग छलफल गर्ने निर्णय गरेको छ ।

बिहान बानेश्वरमा बसेको पदाधिकारी बैठकले प्रस्तावित सात प्रदेशका सभासदहरुसँग छुट्टाछुट्टै छलफल गर्ने निर्णय गरेको छ । सभासदहरुसँग आजदेखी नै छलफल गर्ने काग्रेसको तयारी छ ।

प्रस्तावित सात प्रदेशको सिमाङकनप्रति सार्वजनिक रुपमा सभासदले असन्तुष्टी राख्न थालेपछि छलफल गर्ने निर्णय गरेको पाटी उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो । विशेष गरी थारु, मधेस क्षेत्र, बाग्लुङ, रुकुम र कर्णाली क्षेत्रका सभासदहरुले असन्तुष्टी व्यक्त गरिरहेका छन् ।

भदौभित्र नयाँ संविधान जारी नभए अन्तरिम संविधान सम्बोधनका लागि एमाले र एकीकृत माओवादीलाई आग्रह गर्ने तयारी कांग्रेसले गरेको पौडेलले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी