राज्य आतंक मच्चाएको भन्दै माओबादीद्धारा राष्ट्रपतिको ध्यानाकर्षण

राज्य आतंक मच्चाएको भन्दै माओबादीद्धारा राष्ट्रपतिको ध्यानाकर्षण

  • शुक्रबार, भदौ ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाण्डौ,११ भदौ ।

नेकपा माओबादीले सरकारले सेना परिचालन गरेर देशमा राज्य आतंक मच्चाएको भन्दै राष्ट्रपतिको ध्यानाकर्षण गराएको छ ।

माओबादीले राष्ट्रपति डा. रामवरण यादवलाई अन्तरिम संविधान जारी हुनुपूर्व बनेको स्थानीय प्रशासन ऐन २०२८ अनुसार शान्ति सुरक्षाको नाममा सेना परिचालन गर्नु नेपाली सेनाको अवमूल्यन र दुरुपयोग भएको दाबी गर्दे ज्ञापनपत्र बुझाएको छ ।

अध्यक्ष मोहन वैद्यले हस्ताक्षर गरेको ज्ञापनपत्र राज्यमा आतंकको ज्यादती बढ्दै गएको स्थितिमा कैलालीको टीकापुर लगायत विभिन्न जिल्लाहरूमा जनताले स्वस्फूर्त रुपमा प्रतिरोध गरेको उल्लेख छ ।

सरकारले प्रहरी प्रशासनको संरक्षणमा साम्प्रदायिक दङ्गा मच्चाउने, आदिवासी थारु समुदायका बस्ती र घरहरु तोडफोड र आगजनी, कुटपिट गर्ने, जथाभावी गिरफ्तार गर्ने जस्ता मानवअधिकारको गम्भीर उल्लंघन गर्दै आएको माओवादीले आरोप समेत लगाएको छ ।

देशका विभिन्न भागमा भएका विरोधको कारण तीन दलका शीर्ष नेताहरूले प्रतिगामी संविधानको मस्यौदा र प्रदेशहरुको सीमाङ्कन भएको माओवादीको ठहर छ । सो पाटीले संविधानसभा विघटन गर्न र सर्वदलीय सभा आयोजनाबाट निकास खोज्न समेत माग गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी