संविधान जारी गर्न ढिलाई गर्न नहुने एमाले नेता खनालको भनाई

संविधान जारी गर्न ढिलाई गर्न नहुने एमाले नेता खनालको भनाई

  • शुक्रबार, भदौ ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौ ११ भदौ । 

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले संविधान निर्माण गर्न आठ वर्ष ढिला भैसकेकाले अब कुनै पनि बहानामा ढिला गर्न नहुने बताउनु भएको छ ।

संविधानको विधेयकमाथि संविधान सभामा जारी छलफलमा भाग लिदै उहाले बाधा अबरोधलाई पन्छाएर अब तत्काल संविधान घोषणा गर्नुपर्ने बताउनु भएको हो ।

राष्ट्रलाई सुरक्षित भविष्यतर्फ अगाडि लैजान सबै शक्ति, समुदायले संयमताका साथ अघि बढ्नु पर्ने खनालको भनाई छ ।

वरिष्ठ नेता खनालले चुनौतीको घडीमा बुद्ध मन लिएर अघि बढे मात्र लक्ष्य पूरा गर्न सकिने जिकिर गर्नुभयो । मुलुकमा भइरहेको हिंसात्मक आन्दोलनलाई शान्तिपूर्ण बनाउनु पर्ने बताउनु हुदै उहाले जनजाति, मधेसी, थारु, दलित मुस्लिम सबैको भवना सम्बोधन गर्ने अधिकतम प्रयास भइरहेको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी