काठमाडौ ११ भदौ
महोत्तरीको बर्दिबासमा पार्किङ गरेर राखिएका तीन वटा बसमा आगजनी भएको छ । गएराति बर्दिबास–१ बरगाछी टोलमा पार्किङ गरेर राखिएका बसमा अज्ञात समुहले पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ ।
आगजनीबाट ना ५ ख ४९९५, ना ५ ख २६९४ र एउटा अनटेष्ट बस पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगजनी गरिएका तीन वटै बस महोत्तरीको औरही घर भएका मुकेश चौधरीको रहेको प्रहरीले जनाएको छ ।
जलेश्वर–जनकपुर–काठमाडौं चल्दै आएका नाइटबसलाई बन्दका समयमा चौधरीले डेरा अगाडी पार्किङ गरेर राखेका थिए ।
रिसइवीको कारण पार्किङ गरेर राखिएको बसमा आगजनी भएको हुन सक्ने इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी निरीक्षक चण्डेश्वर यादवले बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline