काठमाडौ ११ भदौ । सरकारद्धारा वार्ताका लागी गरिएको आव्हानबारे छलफल गर्न संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक आज बस्दैछ ।
दिउँसो बस्ने बैठकले दलहरुले वार्ताका लागि गरेको प्रस्तावबारे औपचारिक धारणा तयार गर्ने मोर्चाले जनाएको छ ।
आन्दोलनका लागि पूर्वी तराईका जिल्लामा व्यस्त भएका मोर्चाका नेताहरुले आज संयुक्त रुपमा बैठक बसेर सरकारको पत्रबारे औपचारिक धारणा सार्वजनिक गर्न लागेका हुन् ।
आमसभाका लागी आज रौतहतमा भेला हुन लागेका मोर्चाका शिर्ष नेताहरुले सरकारको औपचारिक पत्रबारे छलफल गरि वार्तामा बस्ने वा नबस्नेबारे निर्णय गर्ने सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बताउनुभयो ।
स्रोतका अनुसार मोर्चा भित्र केही नेताहरुले वार्ताका लागी सरकारले गरेको पत्राचारलाई सकारात्मक रुपमा लिएपनि सदभावना पार्टी, संघीय समाजवादी फोरम लगायत केही दलले वार्तालाई भन्दा पनि आन्दोलनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।
यसैबीच थरुहटका नेताहरुले सरकारको पत्रको स्वागत गर्दै आज थप छलफल गरि वार्तावारे निर्णय गर्ने बताएका छन् आफ्ना पूर्व सर्त पुरा गर्नुपर्ने उनीको माग छ ।