भन्सार नाका ठप्प हुँदा आयात निर्यात प्रभावित

भन्सार नाका ठप्प हुँदा आयात निर्यात प्रभावित

  • शुक्रबार, भदौ ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौ ११ भदौ । 

उत्तरी र दक्षिणी दुई मुलुक भारत र चीनसँगको भन्सार नाका ठप्प हुँदा नेपालको वैदेशिक व्यापार प्रभावित बनेको छ ।

चीनसँगको व्यापारिक नाका सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी नाका गत वैशाख १२ को विनाशकारी भूकम्पपछि सन्चालनमा आउन सकेका छैनन् भने लगातारको तराई बन्दले भारतसँगको भन्सार नाका ठप्प छ ।

भन्सार नाका सन्चालनमा आउन नसक्दा सामन आयत र निर्यातमा समस्या भएको छ । यस्तै रजस्व संकलन कार्य पनि प्रभावित बनेको भन्सार विभागले जनाएको छ ।

विभागका अनुसार, भन्सार जाँचपास गरी नेपाल प्रवेश गरेसकेका मालबाहक सवारीसाधन सुरक्षकर्मीको स्कर्टिङमा गन्तव्यसम्म पुर्याइएको छ ।

तर, नेपालको सीमामा प्रवेश नगरेका लोड गरेका सयौं मालबाहक सवारीसाधन र सामन भारतीय सीमामा अलपत्र परेका छन् ।

लगातारको बन्दले भारतसँगको प्रमुख भन्सार नाका वीरगन्ज, मेची, विराटनगर, भैरहवा ठप्प छन् । यसैगरी अन्य छोटो भन्सार कार्यलयहरु पनि ठप्प रहेको विभागले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी