हिंसात्मक घटनाको चौथो दिनपछि सशस्त्र र नेपाल प्रहरी प्रमुख टीकापुरमा

हिंसात्मक घटनाको चौथो दिनपछि सशस्त्र र नेपाल प्रहरी प्रमुख टीकापुरमा

  • बिहिबार, भदौ १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

कैलाली, १० भदौ ।

टिकापुर संहारको चौथो दिन नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालसहित गृह मन्त्रालयका उच्च अधिकृतले आज त्यस क्षेत्रको स्थलगत भ्रमण गरेका छन् ।

सुदुरपश्चिम क्षेत्रका प्रहरी प्रमुख डिआइजी माधवप्रसाद नेपालका अनुसार आइजिपी अर्यालसहित सशस्त्र प्रहरीका आइजिपी कोषराज वन्त, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मी, गृह मन्त्रालयका सहसचिव लक्ष्मीप्रसाद ढकालले बिहीबार टिकापुर पुगेर सोमबारको संहारबारे स्थलगत जानकारी लिनुभएको हो ।

टिकापुरमा परिचालित प्रहरी अधिकृत तथा जवानलाई सम्बोधन गर्दै आईजीपी अर्यालले सोमबारको घटनाबाट कत्ति पनि विचलित नहुन निर्देशन दिनुभएको छ । साथै टीकापुर घटनामा सम्लग्न अपराधीलाई कुनै पनि हालतमा पक्राउ गरी कानूनी कारबाहीको दायरामा ल्याउन उहाँले आदेश दिनुभयो ।

टिकापुरमा सोमबार भएको हिंसामा एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना सुरक्षाकर्मी र एक बालकको सामुहिक संहार गरिएको थियो । उक्त घटनामा संलग्न भन्दै प्रहरीले पक्राउ गरेका मध्ये ७ जनालाई बिहीबार ज्यान मुद्धा चलाइएको समेत डिआइजी नेपालले जानकारी दिनुभयो ।

सोमबारको टिकापुर घटनामा सुरक्षा कारबाहीमा प्रहरीको कमजोरी भएको प्रारम्भिक विश्लेषण गर्दै गृह मन्त्रालयले डिआइजी नेपाललाई मंगलबार कैलाली पठाएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी