सुरक्षाकर्मीसंग लडाई गर्ने आफनो कुनै रहर नभएको राजेन्द्र महतोको भनाई

सुरक्षाकर्मीसंग लडाई गर्ने आफनो कुनै रहर नभएको राजेन्द्र महतोको भनाई

  • बिहिबार, भदौ १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

सिराहा, १० भाद्र ।

सद्भावना पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र महतोले सुरक्षाकर्मीसंग लडाई गर्ने आफनो कुनै रहर नभएको बताएका छन् ।

सिराहाको मिर्चैयामा गरिएको मधेश आन्दोलन सम्बोधन सभालाई सम्बोधन गर्दै अध्यक्ष महतोले मधेशको अधिकारका निम्ति मधेशी जनता अब कुनै रुपमा पछाडी नहट्ने र आफनो अधिकार लिएरै देखाउने ठोकुवा गरेका छन् ।

विगतमा भएका सम्भौताहरु अहिलेसम्म कार्यान्वयन नभएका कारण अब उधारो सम्झौता गरेर मधेशी जनता नठगिने उहा“ले बताउनुभयो ।

अब उधारो सम्झौता होईन संविधानमै मधेश प्रदेश र समानुपातिक समावेशी समेत लेखिनुपर्ने र नागरिकतामा गरिएको विभेदलाई सच्याउनु पर्ने महतोको तर्क थियो ।

उहा“ले विगतमा हु“दै आएको विभिन्न आन्दोलनहरुमा सिरहावासीको अग्रनीय भूमिका रहेकोले यो अधिकारको लडाईमा समेत सबै मधेशी एक हुनुपर्ने बताउनुभयो  ।

कार्यक्रममा तराई–मधेश लोकतान्त्रिक लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी युवा फोरमका केन्द्रिय अध्यक्ष सुनिल चौधरी, तमलोपाका केन्द्रीय सदस्य सुरेन्द्र झा, तमसपाका केन्द्रीय महासचिव रामकुमार मंण्डल लगायतका नेताहरु बोलेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ