लिम्बुवान राज्य माग्दै धरानको भानुचौकमा प्रदर्शन जारी

लिम्बुवान राज्य माग्दै धरानको भानुचौकमा प्रदर्शन जारी

  • बिहिबार, भदौ १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाण्डौ,१० भदौ ।

अरुण पूवृको नौ जिल्लालाई स्वायत्त लिम्बुवान राज्यको माग गर्दै संघिय लिम्बुवान पार्टी नेपाल लगायत लिम्बुवान संघर्ष समिति र लिम्बुवादी संघसंस्थाहरुले हिजोबाट धरानको सडक कब्जामा लिएका छन् ।

आफनो अधिकार प्राप्तीको लागि जस्तोसुकै मुल्य चुकाउन तयार रहेको बताउदै आएको लिम्बुवान संघर्षसमितिले शान्तिपुर्ण आन्दोलनबाट सरकारले माग सम्बोधन नगरेको भन्दै हिजो बाट अरुण पूर्वको नौ जिल्लालाई लिम्बुवान राज्य घोषणा नगरे सम्म सडक कब्जा अभियान चलाउने भएको छ ।

आन्दोलनरत लिम्बुवान संघर्षसमितिका पदाधिकारीहरुले हिजो धरानको भानुचौकमा घेराहाली सडक कब्जा गरेको घोषणा गरेका छन । सो समितिले शान्तिपुर्ण तरीकाले आफनो अधिकार सरकार समक्ष माग्दा कुनै सम्बोधन नगरे आगामी दिनमा अनिश्चितकालीन सडक जाम र आमहडतालमा उत्रन बाध्य हुने बताएका छन ।

धरानबाट सुरु भएको आन्दोलनका कार्यक्रमहरु बिस्तारै अरुणपूर्वको नौजिल्लाहरुमापनि सुरु गरीने तयारी भइरहेको लिम्बुवान आन्दोलनलाई उदृढ गर्दै संघिय लिम्बुवान पार्टी नेपालका संयोजक कुमार लिङदेनले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी