माग बढेपछि बजारमा सुनको अभाव खड्कियो

माग बढेपछि बजारमा सुनको अभाव खड्कियो

  • बिहिबार, भदौ १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौं, १० भदौ ।

लगातार माग बढेपछि बजारमा सुनको अभाव देखिएको छ । गते साउन महिनाको पहिलो हप्तापछि सुनको भाउमा आएको गिरावटसँगै माग बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले का अनुसार साउनको पहिलो हप्तासम्म दैनिक २५ देखि ३० किलो सुनको माग भएकोमा अहिले झण्डै ५० किलोसम्म पुगेको छ ।

माग बढेपछि राष्ट्र बैंकले चालु महिना र आउँदो असोज महिनाका लागि भनेर सुनको वितरण १५ किलोबाट २० किलो र्पुयाएको उहाले बताउनु भयो ।

तर दैनिक झण्डै ५० किलो सुनको माग भएकाले २० किलो सुन बिक्री गरेपनि बजारमा अपुग भएको छ ।

सुनको अभाव हुँदा माग भएका गरगहना बनाउन समस्या भएको सुन व्यवसायीहरुको गुनासो छ । सुनको बजार अस्थिर भएपनि माग भने बढिरहेको छ । बुधबार ८ सय रुपैयाँले घटेर ५१ हजार रुपैंया तोलामा कारोबार भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी