काठमाडों, १० भदौ ।
संविधानसभामा संविधान विधेयकमाथी आज पनि सैद्धान्तिक छलफल हुने भएको छ । कहिले केहि बेरमा सुरु हुने बैठकमा हिजो बोल्न बाकि सभासदहरुले आफ्ना धारणा राख्दैछन ।
छलफलमा भाग लिन हिजो ४ सय ७० सभासदले नाम टिपाएका थिए । ति मध्ये हिजो पहिलो दिन शिर्ष नेता सहित ८८ जना सभासदहरुले आफ्नो धारणा राखेका थिए ।
संविधानसभा सचिवालयमा संविधानको विधेयकमाथि कम्तिमा ३ दिन छलफल हुने संविधानसभा सचिवालयले जनाएको छ । सैद्धान्तिक छलफल सकिएपछि सभासदहरुले संशोधन प्रस्ताव दर्ताका लागि समय पाउनेछन ।
संविधानसभा नियमावली अनुसार सभासदहरुले विधेयकमा संशोधन दर्ता गर्न कम्तिमा एक हप्ताको समय पाउनेछन । संशोधन प्रस्ताव दर्ता गराएपछि संविधान विधेयकमाथिको दफबार छलफल सुरु हुनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline