काठमाडौं, ९ भदौ।
नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले गृहमन्त्रीले नैतिकताको आधारमा तत्काल राजीनामा दिनुपर्ने बताउनु भएको छ ।
राजधानीमा आज पत्रकार सम्मेलन गरी अध्यक्ष वैद्यले हजारौं प्रदर्शनकारी भएको ठाउँमा केही संख्यामा सुरक्षाकर्मी पठाउने गृह मन्त्रालयको योजना नै त्रुटिपूर्ण भएको भन्दै गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताउनु भयो । उहाँले थरुहटका जायज मागलाई सम्बोधन गर्न दलहरुलाई आग्रह पनि गर्नुभएको छ । टीकापुर घटनाको सत्यतथ्य छानबिन गर्न पनि उहाले माग पनि गर्नुभएको छ ।
प्रमुख चार राजनीतिक दलका नेताहरु तानाशाही ढंगले अघि बढेका कारण मुलुक गम्भीर मोडमा पुगेको उहाको भनाइ थियो । नेकपा–माओवादीले प्रमुख दलका नेताहरुले गरिरहेका गतिविधिविरुद्ध भदौ ११ गतेदेखि आन्दोलन गर्ने चेतावनी दिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline